१३ बैशाख २०८१, बिहीबार

गायिका इन्दिराले प्रेममा रहेको खुलाउँदै लेखिन्-‘म तिम्रो तारा, तिमी मेरो जून’

indira

चर्चित गायिका इन्दिरा जोशीले आफू प्रेम सम्बन्धमा रहेको बताएकी छन्।

कतिपय सेलिब्रेटी आफ्नो प्रेम सम्बन्ध लुकाएरै राख्न रुचाउँछन्। तर सामाजिक सञ्जालमा प्रेम सम्बन्ध खुलाउने सेलिब्रेटीको कमी छैन।

इन्दिराले आफू प्रेममा रहेको स्वीकार गर्दै विवाहको बारेमा भने अहिले नै केही भन्न सक्ने अवस्था नरहेको बताएकी छिन् । भ्यालेन्टाइन डे सकिएको तीन दिनपछि इन्दिराले सामाजिक सञ्जालमा अपरिचित युवकले औंठी लगाइरहेको तस्बिर सार्वजनिक गर्दै दुई वर्ष देखि प्रेममा रहेको संकेत दिएकी थिइन् ।

हालै गायिका ईन्दिराले फेसबुकमा आफ्नो प्रेम सम्बन्धबारे खुलेकी छन्। उनले आफू दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलाएकी हुन्। बुधबार फेसबुकमा फोटो पोस्ट गर्दै उनले लेखेकी छन्, ‘उनले भने- म तिम्रो तारा। तिमी मेरो जून। प्रतिबद्धताको औंठी।’

indira

उनले हात समाएको फोटो सेयर गर्दै हामी २ बर्षदेखि एकसाथ छौं र अझै कैयौ बर्ष एकसाथ अगाडि बढ्ने वाचा गरेका छौं। जिन्दगीको अन्तिम श्वास रहेसम्म हामी एकसाथ हुनेछौं।’

गायिका जोशीले फेसबुक मार्फत आफू प्रेममा रहेको बताएपछि धेरै सेलिब्रेटीहरुले उनलाई बधाई तथा शुभकामना दिइरहेका छन्।

केही समयदेखि ईन्दिराको प्रेम सम्बन्धबारे चर्चा भइरहेको थियो। उनी प्रेम सम्बन्धमा छन् वा छैनन् भन्ने धेरैको चासो बनेको थियो। तर ईन्दिराले उनको प्रेमीको अनुहार खुलाएकी छैनन्। यसपछि उनका प्रशंसकहरूमा जिज्ञासा बढेको छ- को होलान् त गायिका ईन्दिरा जोशीको प्रेमी?

उनले हालसम्म आफू प्रेमसम्बन्धमा रहेको यसअघि बताएकी थिइनन्। फेसबुक मार्फत प्रेममा रहेको खुलाएपनि प्रेमी को हुन भन्नेबारे इन्दिराले नाम भने अझै सार्वजनिक गरेकी छैनन्।

नेपाली गीत–संगीतमा इन्दिरालाई बोल्ड एन्ड ब्युटिफुल गायिकाको रूपमा लिइने गरेको छ। नेपाल आइडलकी जजसमेत बनिसकेकी ईन्दिरा जोशीका ‘चौबन्दी चौली अनि रातो घांगरा’, ‘बेहुली’, ‘उध्रेको चोली’, ‘मोटरसाइकमा’ आदि गीत चर्चित छन्।

गायिका जोशी पछिल्ला केहिबर्ष यता जीवनसाथीको खोजीमा थिइन्।

उमेरको हकमा ३३ वर्ष कटिसकेकी उनीमाथि बिहे गर्नुपर्ने पारिवारिक प्रेसर रहेको बताइन्थ्यो।

    सम्बन्धित समाचार...