२३ बैशाख २०८१, आईतवार

नेपाल वायुसेवा निगमका अध्यक्ष खरेलको आयो राजिनामा

nepal airlines

०७५ भदौमा अध्यक्षमा नियुक्त भएका अध्यक्ष मदन खरेलले पर्यटनमन्त्री योगेश भट्टराईसमक्ष राजीनामा बुझाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको जोडबलमा उनी निगमको कार्यकारी अध्यक्षमा नियुक्त भएका थिए ।

madan kharel

खरेलालाइ नियुक्ति गर्दा सरकारले दुई वाइडबडीसहित सबै जहाजको पूर्ण क्षमतामा सञ्चालन गर्ने, व्यावसायिक योजना बनाएर त्यसको प्रभावकारी कार्यान्वयन गर्ने जिम्मेवारी दिएको थियो । साथै निगम सुधारका लागि रणनीतिक साझेदार भित्र्याउने प्रक्रियाका लागि आधारभूत काम गर्नपर्ने जिम्मेवारीसमेत उनलाई थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले खरेललाई सरकारले दिएको लक्ष्यअनुसार काम गर्न नसके राजीनामा गर्न भनेका थिए । सो जिम्मेवारी पूरा गर्न नसक्दा उनी पदबाट बाहिरिएका छन् ।