१३ बैशाख २०८१, बिहीबार

एक हजार दरको नक्कली नोट सहित २ जना पक्राउ

fake currency nepal

काठमाडौं महानगरपालिका-१४ कलंकी चोकबाट १ हजार दरको ३१ थान नेपाली नक्कली नोट सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बारा निजगढ घर भएका २७ वर्षीय अनुस थापा मगर र सोही ठाउँ बस्ने २२ वर्षीय रवि आले मगर रहेका छन् । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नक्कली नोट सहित पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले एक हजार दरका ३१ वटा नोट फेला पारेको हो। ४३ वटा नोटमध्ये बाँकी १२ वटा हजारका नोट कहाँ गयो त?

सुरुमा प्रहरीलाई जवाफ दिएनन् उनीहरुले। तर, पछि भने नखुली सुख पाएनन्। उनीहरुको जवाफ थियो – रेष्टुरेष्टमा खर्च भयो?

कहाँको रेष्टुरेष्ट? प्रहरीले फेरी प्रश्न तेर्साए।

ठमेल।

प्रहरीले नियन्त्रणमा लिएका उनीहरुले नक्कली नोटलाई सक्कली सरह रेस्टुरेन्टमा खर्चिएका रहेछन्। यसको मतलब उनीहरुबाट रेस्टुरेन्टले लिएको रकम तपाई हाम्रो खल्तीमा नआउला भन्न सकिँदैन।