२४ बैशाख २०८१, सोमबार

उपत्यकाका १८ पेट्रोल पम्प हटाउन प्रधानमन्त्री कार्यालयको पत्र

Nepal Oil Corporation

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले घना वस्तीमा रहेको र मुख्य सवारी आवगमन हुने सडक किनारामा भएका पम्पहरु मापदण्ड विपरीत भएकाले हटाउन ट्राफिक प्रहरी महाशाखा र आयल निगमलाई पत्राचार गरेको छ ।

आयल निगमलाई पम्पहरु हटाउन आवश्यक तयारी गर्न र सहजीकरण गर्न ट्राफिक प्रहरी महाशाखालाई पत्राचार गरिएको हो ।

वीरेन्द्र गोइतले मन्त्रिपरिषद् कार्यालयबाट पत्र प्राप्त भएको बताए तर निगमका उच्च अधिकारी काठमाडौं बाहिर रहेकाले प्रक्रिया भने अघि नबढेको प्रवक्ता गोइतले बताए ।

‘ट्राफिक व्यवस्थापनका लागि पम्पहरु हताउनुको विकल्प नभएकाले त्यसअनुसार छलफल भइरहको छ’ माहाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक भिम ढकालले भने ।

ट्राफिक व्यवस्थापन चुस्त बनाउन उपत्याकामा दिनभरी इन्धन बोकेको ट्याङ्कर नगुडाउन भनिएको छ भने ट्राफिक प्रहरीको पत्रअनुसार बिहान ७ बजे अघि र बेलुकी ८ बजे पछि मात्रै ट्याकंरबाट तेल वितरण गर्न अनुरोध गरिएको छ ।

यस्तै निगम माताहतका सवारी साधनहरु जहाँ पायो त्यहीँ नरोक्न, पेट्रोल पम्पको क्षेत्र पहेँलो घेराले छुट्याउन तथा पम्पमा तेल भर्न जाँदा तथा निस्कँदा हुने यातायात आवागवन अवरोध हटाउन ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

काठमाडौंबाट हट्ने पेट्रोल पम्प सूची :

  • कनक पेट्रोल पम्प, कालीमाटी
  • जयन्ती पेट्रोल पम्प,थापाथली
  • मायाराम भोलाराम पेट्रोल पम्प,थापाथली
  • कोत थुकु पेट्रोल पम्प,बालाजु
  • बाबा पेट्रोल पम्प, कलंकी
  • श्यामा पेट्रोल पम्प, कलंकी
  • त्रिशुल पेट्रोल पम्प, कलंकी
  • भ्याली रिकेश पेट्रोल पम्प, कोटेश्वर
  • कामाख्या पेट्रोल पम्प, कोटेश्वर
  • जुबी पेट्रोल पम्प, बौद्ध
  • बराल पेट्रोल पम्प, बौद्ध
  • सीता पेट्रोल पम्प, महाराजगञ्ज

ललितपुरबाट हटाइने पेट्रोल पम्पहरु :

  • साझा पेट्रोल पम्प, जाउलाखेल
  • एच.पी इन्टरनेश्नल, जाउलाखेल
  • गायात्री पेट्रोल पम्प, जाउलाखेल
  • बज्रबाराही पेट्रोल पम्प, चापागाउँ
  • बाकुमारी पेट्रोल पम्प, चापागाउँ
  • टिका भैरव डिजेल स्टोर, चापागाउँ