१३ बैशाख २०८१, बिहीबार

पत्रकार पुडाशैनी प्र’करणमा रवि लामिछानेसहित तीनै जनाले पाए सफाइ

Rabi lamichhane

आत्महत्या दुरुत्साहन मुद्दामा रवि लामिछानेसहित तीनै जनाले सफाइ पाएका छन्। जिल्ला अदालत चितवनले आज उनीहरू तीनै जनालाई सफाइ दिएको हो। न्यायाधीश हेमन्त रावलको इजलासले संचारकर्मी लामिछाने, अस्मिता भनिने रुकु कार्की र युवराज कँडेललाई सफाइ दिने फैसला आइतबार सुनाएको हो।

यसअघि जिल्ला अदालतले लामिछानेलाई ३ शर्त राख्दै धरौटीमा रिहा गरेको थियो। जिल्लाले विदेश जान अनुमति लिनुपर्ने, शालिकराम पुडासैनी आत्महत्याबारे कार्यक्रममा छलफल तथा बहस चलाउन नपाउने र अदालतमा विचाराधीन विषयमा बोल्न नपाउने भन्दै बन्देज लगाएको थियो।

लामिछानेसहित ३ जना विरुद्ध भदौ ८ गते आत्महत्या दुरुत्साहन मुद्दा दायर भएको थियो। जिल्ला अदालत चितवनले लामिछानेलाई ५ लाख र सञ्चारकर्मी युवराज कडेँललाई ३ लाख धरौटीमा रिहा गर्ने आदेश गरेको थियो। पत्रकार पुडासैनीको गत साउन २० मा नारायणगढ बसपार्कस्थित होटल कंगारुमा शव भेटिएको थियो।