१६ चैत्र २०८०, शुक्रबार

लैङ्गिक तथा सामाजिक समावेशीकरणका लागि लेखा परिक्षण तालिम सम्पन्न

dailekh training

जिल्लाको दुल्लु नगरपालिकामा लैङ्गिक तथा सामाजिक समावेशीकरणका लागि लेखा परिक्षण सम्वन्धी तिन दिने तालिम सम्पन्न भएको छ । फागुन ३ गते सोमवारदेखी सुरु भएको लैङ्गिक तथा सामाजिक समावेशीकरणका लागि लेखा परिक्षण सम्वन्धी तलिम बुधवार सम्पन्न भएको हो ।

नगरपालिकाको निति, कार्यक्रम तथा वजेटलाई लैङ्गिक तथा सामाजिक समावेशी मैत्री वनाउने उद्येश्यका साथ तालिमको आयोजना गरिएको दुल्लू नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले बताए । तालिम पश्चात आगामी वजेट निर्माण गर्दा लैङ्गिक तथा सामाजिक समावेशीकरणको हुनेमा आफु विश्वस्त रहेको प्रमुख भण्डारीको धारणा छ ।

लैङ्गिक तथा सामाजिक समावेशीकरण निति निर्माण, स्थानिय सरकारका क्षमता विकास योजनामा लैगिंक उत्तरदायी तथा सामाजिक समावेशी बजेट निर्माण एवं परीक्षण नियमित रुपमा गर्ने योजना आगामी श्रावण सम्म सम्पन्न गर्ने गरी योजना अगाडी सारिएको छ ।

दुल्लू नगरपालिकाको आयोजना र जि.आइ.जेट. र सि.डि.एस.जिको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित तालिमको व्यवस्थापन जि.आइ.जेट.रा सि.डि.एस.जिको कर्णाली प्रदेश प्रतिनिधी रिता विसीले गरेकी थिइन । लैङ्गिक तथा सामाजिक समावेशीकरणका लागि लेखा परिक्षण सम्वन्धी तलिमको सहजिकरण सहजकर्ता वालकृष्ण शर्माले गरेका थिए ।

तालिममा दुल्लू नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारी, उप–प्रमुख विश्णु थापा लगाएत कार्यपालिका सदस्य, विषयगत शाखाका शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।