४ बैशाख २०८१, मंगलवार

अहिलेको प्रश्न निर्वाचन र संसद् पुनःस्थापनाको होइन : नेता थापा

gagan thapa

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले अहिलेको प्रश्न निर्वाचन र संसद् पुनःस्थापनाको नभएको बताउनुभएको छ । नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै नेता थापाले कांग्रेसको एजेण्डा संविधान जोगाउने रहेको बताउनुभयो ।

संविधान कांग्रेसको मात्र विधान नभएर सिङ्गो देश एक भएर लेखिएको दस्तावेज भएको बताउँदै भन्नुभयो, “संविधानमा कांग्रेसको असहमति भए पनि यो साझा दस्तावेज बनेको छ ।” नेता थापाले इतिहासमा भएका कमी कमजोरीलाई सच्चिने गरी अहिलेको संविधान निर्माण गरिएको बताउनुभयो ।

सभामा केन्द्रीय सदस्य सरिता प्रसाईंले देश अप्ठ्यारोमा पर्दा कांग्रेसले नै निकास दिएको बताउनुभयो । कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले कांग्रेस एक्लैले चितवनका सबै क्षेत्रमा चुनाव जित्ने दाबी गर्नुभयो । विरोधसभा अघि कांग्रेस चितवनले हाकिम चोकको केन्द्रीय बस ट्रमिनलदेखि चौबिस कोठीसम्म विरोध प्रदर्शन गरेको थियो ।