१९ बैशाख २०८१, बुधबार

ससुरालीवाट फर्किएका विनय दुई छोरा र श्रीमती सहित त्रिशुली नदिमा हा*म फा*ले

benighat dhading

६ महिना र २ वर्षका दुई छोरासहित एक दम्पती बिहीबार साँझ त्रिशुली नदीमा हा*म फा*लेका छन्। धादिङको बेनिघाट रोराङ-१ स्थित झोलुङ्गे पुलबाट काठमाडौंको थानकोटका विनय लामिछाने श्रीमती र २ छोरासहित त्रिशुली नदीमा हा*म फा*लेका हुन्।

धादिङ प्रहरी प्रमुख रविन्द्र रेग्मीका अनुसार विनयको सकुशल उद्धार भएको छ। श्रीमती मृत फेला परेकी छिन् भने दुई सन्तान बेपत्ता छन्। उद्धार गरिएका विनयको उपचार भइरहेको छ। बेपत्ताको खोजी भइरहेको एसपी रेग्मीले जानकारी दिए।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार विनय परिवारसहित गोरखाको ध्याल्चोकस्थित ससुराली पुगेर घर फर्कँदै थिए। बिहीबार साँझ साढे ६ बजे घटना भएको प्रहरीले जनाएको छ। घटना भएको स्थान बेनिघाटबाट गोरखा जाने त्रिशली नदिको पुलको करिब एक किलोमिटर वरपर्छ।

नदीमा परिवारसहित हाम फाल्नुको  कारण खुल्न नसकेको रेग्मीले जानकारी दिए। ‘हाम फालेको १० मिनेटभित्रै प्रहरी घटनास्थलमा पुगेपनि विनयको मात्र सकुशल उद्धार भयो। श्रीमती नजिकैको किनारमा मृत फेला परिन्। बेपत्ताको खोजी भइरहेको छ’, रेग्मीले जानकारी दिए।