१४ बैशाख २०८१, शुक्रबार

कोहलपुरका वडाध्यक्ष खड्काको भारतको होटलामा निधन

death representative image

बाँके, कोहलपुर नगरपालिका–१२ का वडाध्यक्ष कृष्णबहादुर खड्का मृत फेला परेका छन्। उनी भारतको बहराइचमा रहेको शङ्कर होटलमा मृत भेटिएकाे कोहलपुर नगरकार्यपालिका सदस्य डिलबहादुर परियारले जानकारी दिए।

उनका अनुसार वडाध्यक्ष खड्काको शव नेपाल ल्याउनका लागि पहल भइरहेको छ। तत्कालीन नेकपा एमालेको तर्फबाट उम्मेदवार भई वडाध्यक्ष जित्नुभएका खड्काको तीन छोरी र तीन छोरा रहेको नेकपा कोहलपुरकी अध्यक्ष वसन्ती अधिकारीले जानकारी दिइन्।

बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले घटनाबारे जानकारी आएको बताए। उनका अनुसार घटना भारतमा भएकोले भारतीय प्रहरीले अनुसन्धान गर्दैछ।