११ बैशाख २०८१, मंगलवार

पौडी खेल्ने क्रममा डुबेर एकको मृत्यु

Drowning

दैलेखमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको नारायण नगरपालिका वडा नम्बर ११ को बिचमा पर्ने लोहोरे खोलाको लाटामरे रहमा पौडी खेल्ने क्रममा अछामको चौरपाटी गाउँपालिका ५ लुंग्राका २१ बर्षीया विरेन्द्र भुलको मृत्यु भएको दैलेखका प्रहरी निरीक्षक राजेशकुमार तेलीले बताए ।

उनि मध्यपहाडी राजमार्ग निर्माणमा मजदुरी गर्न दैलेखमा आएको थिए । भुल पौडी खेल्ने क्रममा डुबेको भन्ने सूचना प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट लोहोरेबाट खटिएको प्रहरी टोलीले उद्धार गरेर उपचारका लागि दैलेख अस्पताल पठाएको थियो ।

उनको उपचारका क्रममा मृत्यु भएको हो ।