६ बैशाख २०८१, बिहीबार

हाइटीमा थप मानवीय सहायताको खाँचो

haiti

संयुक्त राष्ट्रसंघीय एक निकायले हाइटीमा गत वर्षको तुलनामा यसवर्ष खाद्यान्नका साथै अन्य मानवीय सहायता आवश्यकता निकै ठूलो मात्रामा बढेको जनाएको छ ।

उक्त समाचारमा जनाइएअनुसार यही फेब्रुअरी महिनामा नै यहाँ खाद्यान्नको अवाश्यकता परेका नागरिकको संख्या ४० लाख भन्दा पनि बढी रहेको देखिएको छ ।

संयुक्त राष्ट्रसंघको मानवीय सहायतासम्बन्धी निकायले गरेको सो प्रक्षेपणअनुसार हाइटीमा खाद्यान्न लगायतको मानवीय सहायता अवश्यक रहेको जनसंख्या कम्तीमा पनि देशकै जनसंख्याको ४० प्रतिशत रहेको छ ।

यहाँको जनसंख्याकै कम्तीमा पनि ४० प्रतिशत जनसंख्यालाई यसको अवश्यकता रहेकोले यसका लागि संयुक्त राष्ट्रसंघका साथै अरु अन्तर्राष्ट्रिय संघ संस्थाहरुले पनि सहायता दिनुपर्ने सो निकायले गत बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा देखाइएको छ ।

हाइटीमा राजनीतिक संकट शुरु भएको थियो । यस संकटका कारण धेरै ठूलो जनसंख्या खाद्यान्न लगायतको समस्या झेल्नुपरेको बताइएको थियो । त्यसयता यहाँका नागरिकले विभिन्न खालका संटकहरु झेल्दै आएका छन् ।

अहिले पनि हाइटीमा ठूलो संकट बढ्दै गएको देखिएको छ । यहाँ अहिले पनि हिंसात्मक समूहहरुले नागरिकको हत्या गर्ने, अपहरण गर्ने तथा लुटपाट गर्ने काम गरिरहेको पाइएको बताइएको छ ।

यहाँ दिन प्रतिदिन असुरक्षा बढ्दै गएको छ भने हिंसात्मक हमलाहरु पनि पछिल्लो समयमा निकै हुने गरेका छन् । कतिपय नागरिकहरु यो हिंसाको चपेटमा परेर पनि खाद्यान्न लगायतका न्यूनतम सहायता पनि पाउन सकिरहेका छैनन् ।

ती एजेन्सीका अनुसार हाइटीको अहिलेको अवस्था हेर्दा असुरक्षा र खाद्यान्न अभावको अवस्था बढी देखिएको छ ।