१६ चैत्र २०८०, शुक्रबार

सुरक्षाकर्मी र बन्दुकधारीबीच हत्या प्रयासबाट जोगिए हाइटीका प्रधानमन्त्री

Haitian Prime Minister Ariel Henry 768x523 1

हाइटीका प्रधानमन्त्री एरियल हेनरी हत्या प्रयासबाट जोगिएका छन् ।

मुलुकको स्वतन्त्रता दिवसको अवसरमा गोनाइभ्स शहरमा आयोजित कार्यक्रममा बन्दुकधारीहरुले उनको हत्या प्रयास गरेका थिए । सुरक्षाकर्मी र बन्दुकधारीबीचको गोली हानाहानमा एक जनाको निधन भएको र दुईजना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रधानमन्त्रीको कार्यालयले हत्या प्रयासको पछाडि डाँकु र आतंककारीहरूको सलग्नता रहेको उल्लेख गरेको छ ।

गत जुलाईमा राष्ट्रपति जोभेनेल मोइसको हत्या भएको दुई हप्तापछि हेनरी प्रधानमन्त्री नियक्त भएका थिए । मोइसको हत्यापछि हाइटीमा सुरक्षा अवस्था निकै खस्किएको छ ।

हेनरीले अपहरणकारी शक्तिशाली गिरोहहरूमाथि कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । हाइटीका धेरै जसो ग्यांस वितरणमा यिनै गिरोहको नियन्त्रणमा छ। जसले इन्धनको चर्को अभाव हुने गरेको छ ।