१५ बैशाख २०८१, शनिबार

क्यारेविनय राष्ट्र हैटीमा ट्यांकर विष्फोटमा कम्तिमा ६० जनाको निधन

haiti

क्यारेविनय राष्ट्र हैटीको केप हैटेन शहरमा इन्टन बोकेको ट्यांकर विष्फोट हुंंदा कम्तिमा ६० जनाको निधन भएको छ । दर्जनौं घाइते भएका छन् ।

गंभीर रुपमा जलेका व्यक्तिहरुका संख्या धेरै रहेकाले मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ । आगजनी भएको ट्यांक्करबाट चुहिएको इन्धन जम्मा गर्न खोज्दा यति ठूलो मानवीय क्षति भएको बताइएको हो ।

विष्फोटमा परी जलेकाहरुले स्थानीय अस्पताल भरिएको बीबीसीले जनाएको छ । तर गम्भीर रूपमा जलेकाहरूको उपचार गर्ने क्षमता अस्पतालमा नरहेको स्वास्थ्यकर्मीले बताएका छन् ।

विष्फोटबाट करिब २० घरमा पनि आगो लागेको छ । प्रधानमन्त्री एरियल हेनरीले तीन दिनेको राष्ट्रिय शोकको घोषणा गरेका छन् । देशको धेरै जसो इन्धन वितरण शक्तिशाली गिरोहको नियन्त्रणमा रहेकाले इन्धनको चरम अभाव भइरहेको बेला यो घटना भएको हो ।

यस वर्षको सुरुमा राष्ट्रपति जोभेनेल मोइसको हत्यापछि हाइटी ठूलो आर्थिक र राजनीतिक संकटको भूमरीमा फसेका छ ।