१६ चैत्र २०८०, शुक्रबार

परिच्छेद सेनको निर्देशनमा “प्रेमगन्ज” घोषणा

premgunj

बिगत २५ बर्ष देखि नेपाली चलचित्र जगतमा स्पोट ब्वाईको रुपमा काम गर्दै आएका राजु अब निर्माता बन्ने भएका छन् । उनले प्रेम दिबसको अवसर पारेर आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत चलचित्र “प्रेमगन्ज”को औपचारिक घोषणा गरेका छन् । चलचित्र पूर्ण त प्रेमकथामा आधारित हुने बताइएको छ ।

राजु अहिले एक भोजपुरी चलचित्रका निम्ति इन्डियामा छन् । उनले सगुन देखि “ए मेरो हजुर ३” सम्म आउदा लगभग तिन सय बढी चलचित्रमा काम गरिसकेका छन् । उनि यो चलचित्र क्षेत्रमा पाईला राख्दा जम्मा ११ बर्षका थिए । आफ्नो जीबनको आधि हिस्सा चलचित्र क्षेत्रलाई दिएका राजुलाई अब चलचित्र क्षेत्रले के दिन्छ ? त्यो भने अब हेर्न बाकीं छ ।

परिच्छेद सेनको निर्देशनमा बन्न लागेको चलचित्रका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । यस चलचित्रका कलाकार भने फाइनल हुन बाँकी रहेका छन् । यो चलचित्र “चलचित्र चौतारी” को ब्यानरमा निर्माण हुन लागेको हो ।

prem gunj