१७ बैशाख २०८१, सोमबार

बुधबारदेखि फेरि वर्षा हुने, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात

weather LEFo8jlXjJ

बुधबारदेखि देशका धेरै ठाउँमा वर्षा हुने मौमस पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले मंगलबार विशेष बुलेटिन निकालेर बुधबार बेलुकी नेपाल प्रवेश गर्ने पश्चिमी न्यूनचापीय प्रणालीका कारण भोलि राति देशको पश्चिमी क्षेत्रमा सामान्य बदली रही केही ठाउँमा पानी पर्ने जानकारी दिएको हो । साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस प्रणालीका कारण बिहीबार काठमाण्डौसहित मध्य र पश्चिमी क्षेत्रमा सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भेगका धेरै ठाउँमा भारी हिमपातको सम्भावना रहेको मौसमविद् सजना शाक्यले बताउनुभयो ।

यो प्रणालीको प्रभाव देशभर शुक्रबारसम्म नै रहने र शुक्रबारसमेत वर्षा र हिमपातको संभावना रहेकोले सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।