१५ चैत्र २०८०, बिहीबार

संसारकै जेठी महिला: क्यान्सरलाई जितेर ११७ वर्षमा तनाका

kane tanaka

जापानी महिला केन तनाकाले गएको आइतबार ११७ औँ जन्मदिन मनाएकी छिन् । उनी विश्वमा सबैभन्दा जेठी महिला हुन् । उनले आइतबार आफ्ना साथी र आफन्तहरुसँग जापानको फुकुओकाको एउटा नर्सिङ होममा जन्मदिन मनाएकी हुन् ।

long happy life

उनी सन् १९०३ मा जन्मिएकी हुन् । उनले गत वर्षमा नै ११६ वर्ष ६६ दिन बाँचेपछि गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा आफ्नो नाम लेखाएकी थिइन् ।

आठ दिदीभाइमा उनी सातौं सन्तान हुन् । १९ वर्षको उमेरमा उनको हिदेओ तनाकासँग विवाह भएको थियो । उनका चार सन्तान छन् । उनले पछि एक सन्तानलाई एडप्ट पनि गरेकी थिइन् ।

तनाकालाई कोलेरेक्टल क्यान्सर पनि भएको थियो । तर, उनले यसलाई पनि जितिन् र अहिले विश्वमै सबैभन्दा जेठी महिलाको रेकर्ड बनाइन् । एजेन्सी

    सम्बन्धित समाचार...