२२ बैशाख २०८१, शनिबार

बार्सिलाेनाका प्रशिक्षक अर्नेस्टाे भाल्भर्डे बर्खास्त

ernesto valverde

स्पेनिस क्लब बार्सिलोनाले प्रशिक्षक अर्नेस्टो भाल्भर्डेलाई बर्खास्त गरेको छ ।

उनको ठाउँमा रियल बेटिसका पूर्व प्रशिक्षक क्वेक सेटिनलाई नियुक्त गरेको छ । भाल्भर्डेले अघिल्ला दुई सिजनको ला लिगा जिताए पनि अन्य प्रतियोगितामा बार्सिलोनाले उल्लेख्य प्रदर्शन गर्न सकेको थिएन ।

उनको प्रशिक्षणमा बार्सिलोना च्याम्पिन्सको फाइनलमा पुग्न सकेको छैन । त्यस्तै यो सिजनमा बार्सिलोनाले कमजोर टिमसँग पनि खराब नतिजा निकालेको छ ।

सोमबार साँझ बसेको बैठकले भाल्भर्डेलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । उनको ठाउँमा ६१ वर्षे सेटिनलाई नियुक्त गर्ने निर्णय पनि सोमबारकै बैठकले गरेको हो ।