५ जेष्ठ २०८१, शनिबार

गायक निशान भट्टराइको सवारी दुर्घटनामा निधन

Nisan Bhattarai

गायक निशान भट्टराईको सोमबार राती सवारी दुर्घटनामा परी निधन भएको छ ।

दरबारमार्गस्थित वान थाई रेष्टुरेन्टमा आफ्नो नियमित गायन प्रस्तुती सिध्याएर घर फर्किने क्रममा गायक भट्टराइको तीनकुनेमा सवारी दुर्घटना भएको हो ।

उनी गायिका लोचन भट्टराईका भाइ हुन् । मंगलबार बिहान पौने १ देखि १ बजेको बीचमा उनले चलाएको कार तीनकुनेमा बिजुलीको पोलमा ठोक्किएको प्रहरीले जानकारी दिए ।

गम्भीर अवस्थामा उनलाई उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टर लगिएको र बिहान ४ः ४५ मा उपचारको क्रममा उनको निधन भएको छ।

उनको शवलाई पोष्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको छ । वरिष्ठ संगीतकार मिलन मोक्तानका अनुसार उनको पशुपती आर्यघाटमा आजै दिउँसो १ बजे अन्त्येष्टि गरिँदैछ ।

गजल गायकीका कारण निकै चर्चित भट्टराई स्टेजलगायत पाँचतारे होटल तथा रेष्टुरेन्टमा हिन्दी, नेपाली गीत तथा गजल गाउँदै आइरहेका थिए । उनी दरबारमार्गस्थित बानथाई रेष्टुरेन्टका सञ्चालकसमेत हुन् ।