१३ बैशाख २०८१, बिहीबार

अनेमसंघले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन पत्र

dailekh anemasangh

प्रधानमन्त्री केपी शर्मा ओलीलाई अखिल नेपाल महिला संघ (अनेमसंघ) जिल्ला समिति दैलेखले ज्ञापन पत्र बुझाएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय दैलेख मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको अनेमसंघ दैलेखका संयोजक तप्ता कुमारी थापा नेपाल घटनालाई जानकारी दिनुभयो ।

नेपालमा सबै प्रकारका महिला हिंसा लगाएतका भिभिन्न किसीमका हिंसाहरु बढदै गएको परिपेक्षमा यस्ता घटनाहरुलाई अन्त्य गर्नको लागि बारम्बार सरकार लगायत सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराउदै आए पनि दोषि माथि अपेक्षाकृत रुपमा कारबाही हुन नसकेकोले सरकारको ध्यानाकर्षण गराउनु परेको सहभागिहरुको धारण थियो ।

गत माघ १६ गते गोरखाको सिरानचोकमा भएको एक राजनैतीक भेलामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेत्री राम कुमारी झांक्रीले सार्वजनिक रुपमा दिएको अभिब्यक्ति अत्यन्तै आपत्तिजनक रहेको र सम्माननिय राष्ट्रपति श्रीमती बिद्यादेबी भण्डारीको चारित्रिक हत्या गर्दै बिभिन्न लान्छना, गाली बेइज्जति गरि ब्यक्तिगत, पारिवारिक तथा राष्ट्रपति पदकै इज्जतमा समेत धक्का पुर्‍याउने नियतले आपत्ति जनक र अपमान गर्ने जस्ता शब्दहरु प्रयोग गरेको भन्दै क्रियाकलापको भर्सना गरिएको छ ।

राष्ट्रपति संस्था संविधानको संरक्षक भएको र यसको मर्यादा र गरिमाको संरक्षण गर्ने प्रमुख जिम्मेवारी नेपाल सरकारको भएको दोषिलाई तुरुन्त पक्राउ गरी प्रचलित कानुन बमोजिम हदैसम्मको सजाय गर्न माग गरिएको छ ।