२६ बैशाख २०८१, बुधबार

हराएको २५ मोटरसाइकल फेला पारी धनीलाई हस्तान्तरण

bike

महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २५ मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाइएको छ ।

महाशाखामा आज आयोजित एक समारोहका बीच प्रमाणपत्रको आधारमा सम्बन्धित धनीलाई मोटरसाइकल हस्तान्तरण गरिएको हो । मोटरसाइकल हराएको भनी निवेदन दिन आउनेको गुनासोलाई सम्बोधन गर्न ट्राफिक प्रहरीले विशेष अपरेशन टोली नै परिचालन गरी खोजी अभियान चलाउँदै आएको छ । सोही क्रममा विभिन्न क्षेत्रबाट मोटरसाइकल फेला पारी चोरीमा संलग्न मानिससमेत पक्राउ गरिएको महाशाखाका प्रमुख जनभ भट्टराईले बताउनुभयो ।

महाशाखाको सादा पोशाकको टोलीले गोकर्णेश्वरबाट चोरी भएको मोटरसाइकलसहित नुवाकोट शिवपुरी गाँउपालिका–८ का विष्णु मिजारलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि आजै महानगरीय प्रहरी वृत्त बौद्धमा पठाएको छ । मिजारले गीतराज पाख्रिनको मोटरसाइकलको नम्बर परिवर्तन गरी चलाएको पाइएको छ ।

traffic

उपत्यकाका बालाजु, टोखा, सात दोबाटो, माछापोखरी, मूलपानी, तिनकुने, बलम्बु, दरबारमार्ग, बौद्ध, कालीमाटी, महाराजगञ्ज, कलङ्कीलगायत स्थानबाट मोटरसाइकल फेला फेला पारेर आज हस्तान्तरण गरिएको हो । सादा पोशाकमा प्रहरी परिचालन गरेर हराएका मोटरसाइकल तथा स्कुटर खोजीलाई तीव्रता दिइएको महाशाखाका प्रमुख एसएसपी भट्टराईले बताउनुभयो । उहाँले जथाभावी मोटरसाइकल पार्किङ गर्दा चोरी हुने गरेकाले सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, साइरनलगायतका उपकरण जडान गर्नसमेतसुझाव दिनुभभएको छ ।

    सम्बन्धित समाचार...