६ बैशाख २०८१, बिहीबार

‘देश अकल्पनीय खतराको मुखमा पुग्यो’

ghanashyam

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री घनश्याम भुसालले देश अकल्पनीय खतराको मुखमा पुगेको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला कमिटि बागलुङ प्रचण्ड–नेपाल पक्षले आज आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता भुसालले संसद् विघटनले मुलुकलाई अस्थिरतामा लगेको तर्क गर्नुभयो । पूर्वकृषिमन्त्रीसमेत रहनुभएको नेता भुसालले जनताले धेरै दुःख गरेर निर्माण गरेको संविधान घायल भएको टिप्पणी गर्नुभयो ।

उहाँले आफू कृषिमन्त्री हुँदा सकारात्मक काम गर्न थालेको तर पूरा गर्न नसकिएको गुनासो गर्नुभयो । नेता भुसालले पार्टी एकता गर्दा गरेका सम्झौता तोडिएका कारण राजनीतिक अवस्था बिग्रदै गएको बताउनुभयो ।