१५ चैत्र २०८०, बिहीबार

कलाकार पूजा गहतराजको स्कुटर दुर्घटनामा निधन

puja gahatraj

रुपन्देहीको तिलोत्तमामा भएको सवारी दुर्घटनामा परि कलाकार पुजा गहतराजको निधन भएको छ ।

बुटवल भैरहवा सिद्धार्थ राजमार्गको ड्राइभरटोल नजिकै बसको ठक्करबाट स्कुटरमा सवार पूजाको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

ठक्कर दिने बसलाइ इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । घटनाबारे थप बिबरण आउन बाँकी छ । प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ ।

२६ बर्षिया पूजा गहतराज नृत्यङ्गना हुन् भने न्यू इन्भाराेमेन्ट कलेजमा नृत्य प्रशिक्षक समेत थिइन् । उनको घर बुटवल चाँदबारी भएको खुलेको छ ।

२६ बर्षीया पूजा गहतराज नृत्यङ्गना हुन् भने न्यू इन्भारोमेन्ट कलेजमा नृत्य प्रशिक्षक समेत थिइन् । उनी लुम्बिनी नृत्य कलाकर्मी संघ लुम्बिनी प्रदेशकी सदस्य समेत रहेको कलाकार किशोर थापा मगरले जानकारी दिए ।

उनको निधनपछि कलाकाहरुले सामाजिक सञ्जाल मार्फत मृतआत्माको चिरशान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समबेदना ब्यक्त गरेका छन् ।