१५ बैशाख २०८१, शनिबार

साउथ सुपरस्टार प्रभास विवाह गर्दै

prabhas

साउथ सुपरस्टार प्रभास विवाह गर्दै छन् । हालै भारतीय मिडियाले एउटा यस्तो जानकारी सार्वजनिक गरेको छ जसमा प्रभासको विवाह हुन लागेको खबर प्रकाशित छ ।

साउथ सुपरस्टार प्रभास ब्याक टु ब्याक थुप्रै फिल्ममा अभिनय गरेका कारण चर्चामा आइरहेका छन् । तर यसका साथै बाहुबली स्टारको लभ लाइफमा पनि धेरैले निगरानी गरिरहेका हुन्छन् । प्रभास साउथ सिने जगतका मोस्ट ह्यान्डसम ब्याचलर मानिन्छन् ।

यता नायिका अनुष्का शेट्टी पनि अहिलेसम्म अविवाहित छिन् । यी दुईले थुप्रै फिल्ममा काम पनि गरेका छन् । बाहुबलीमा यी दुईको जोडीले त तहल्का नै मच्चाएको थियो ।

त्यतिबेला देखि नै प्रभासको नाम तेलुगु फिल्मकी लेडी सुपरस्टार भनिने नायिका अनुष्का शेट्टीसँग नाम जोडिने गरिन्छ । यद्यपि, यी दुईले आफूहरु एक राम्रा साथी मात्रै भएको बताउने गर्छन् ।

तर हालै भारतीय मिडियाले एउटा यस्तो जानकारी सार्वजनिक गरेको छ जसमा प्रभासको विवाह हुन लागेको खबर प्रकाशित छ ।

भारतीय मिडियामा प्रकाशित खबरलाई विश्वास गर्ने हो भने प्रभास अब चाँडै नै विवाहको तयारीमा छन् । टलिउड डट नेटको रिपोर्टलाई विश्वास गर्ने हो भने प्रभास अमेरिकास्थित एक सफ्टवेयर कम्पनीका संस्थापककी छोरीसँग विवाह गर्ने योजनामा छन् । यो एक मागी विवाह हुनेछ ।

यसका लागि दुबैको परिवारबीच कुराकानी पनि सुरु भइसकेको छ । प्रभासले यो सम्बन्धका लागि हरियो झण्डा पनि देखाएको खबरमा उल्लेख छ । यससँगै साउथ सुपरस्टारको विवाहको तयारीका लागि परिवार लागीपरेको पनि बताइन्छ ।