६ बैशाख २०८१, बिहीबार

चलचित्र छायांकार जनकराज अधिकारीले आफ्नै कार्यालयमा झुण्डिएर गरे आत्महत्या

janakraj adhikari

चलचित्र छायाँकार जनकराज अधिकारीले आफ्नै कार्यालयमा आत्महत्या गरेका छन् ।

चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाका अनुसार उनले आफ्नै कार्यालयमा झुण्डिएर आत्महत्या गरेका हुन् ।

उनको मृत्यु भएको खबरपाएपछि निकै दुखद बनेकी चलचित्र अभिनेतृ करिस्मा मानन्धरले पनि पुराना छायाँकनका क्षण स्मरण गरेकी छिन् ।

उनले आफ्नै कार्यालयमा किन आत्महत्या गरे भन्ने विषयमा खुल्न सकेको छैन । लामो समयदेखि चलचित्र छायाँकनमा सक्रिय अधिकारी सयौँ चलचित्र र म्युजिक भिडियो छायांकन गरेका छन् ।

उनी काठमाडौंको गोङ्गवुस्थित आफ्नै अफिस जेसिका फिल्मस प्रालिको कार्यालयमा आइतबार साँझ मृत फेला परेका हुन् ।

https://www.facebook.com/hellodearpuskarsir/posts/3620530981366713