७ बैशाख २०८१, शुक्रबार

बेवरिसे फालिएका सुर्य चिन्ह अंकित पार्टी सम्पती हिमेष र केपी खनालले सचिवलाई बुझाए

himesh kp cleaning campaign

सुर्य चिन्ह र सुर्य अंकित झण्डाको लागी दुवै नेकपा समुह आज भोली सडक संघर्षमा छन् । नेकपा पार्टीका शीर्ष नेता तथा कार्यकर्ताले राजधानीमा र देशैभरी एक अर्काको बिरोध गरिरहेका छन् । दुबै समूह सडकमा एक अर्कालाई आ-आफ्ना शक्ति देखाउन तल्लिन छन् । यस क्रममा उनिहरुले गरेका फोहोरले राजधानीका सडक कुरुप बनेका छन् ।

सडक संघर्षबाटनै आधिकारिकता र सुर्य चिन्ह दावी गरिरहेका कार्यकर्ता भने कार्यक्रम पछी सुर्य चिन्ह अंकित झण्डा र पम्प्लेट सडकमा पैताला मुनी छाडेर टेक्दै हिड्छन । यसरी छडिएका सूर्य चिन्ह अंकित झण्डा र पम्प्लेटले सडक फोहोर मात्र गरेको छैन, कार्यक्रममा आएका कार्यकर्ताहरुको मानसिकता पनि केहि उदाङगो गरेको छ ।

यसैबिच नेकपा कार्यकर्ताले गरेको यस्तै फोहोरका डंगुर सफा गर्न निस्किएका छन्, कमेडी च्याम्पियनका विजेता हिमेष पन्त । हिमेषलाई सरसफाईमा साथ दिएका छन् उनका साथी केपी खनालले । दुवै जना मिलेर राजधानीका सडकमा सरसफाइ अभियान चलाइरहेका छन् ।

ko himesh surya

हिमेषले माइतीघर र दरबारमार्गमा फ्याँकिएको सूर्य चिन्ह अंकित झण्डा, पम्प्लेट ओली पक्षको कार्यालय धुम्बाराही र प्रचण्ड–नेपाल पक्षको कार्यालय पेरिस डाँडामा बुझाएका छन् । उनिहरु दुवैजनाले पार्टीको ती कार्यालय पुगेर सूर्य चिन्ह कार्यालय सचिवलाई हस्तान्तरण गरेका हुन ।

himes panta home