१३ बैशाख २०८१, बिहीबार

‘हामी कम्युनिष्ट पार्टी’ भन्दै आइन प्रचण्डकी नातिनि

NCP Smita Dahal

दुइ तिहाई बहुमत ल्याएको नेकपा पार्टी विभाजनपछि आ– आफ्नै पक्षकाले गीत संगीत सार्वजनिक गर्न थालेका छन्। गायिका कोमल ओली सरकारको पक्षमा गीत निकालेको केहि सातामा नै (दाहाल–नेपाल पक्ष)का नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्की नातिनीले नयाँ गीत सार्वजनिक गरेकी छन्।

अध्यक्ष दाहालकी नातिनी स्मिताले ‘हामी कम्युनिष्ट पार्टी’ बोलको गीतमार्फत उनले हजुरबुबाको राजनीतिक लाइनलाई पछ्याएकी छिन् ।

उनले गाएको गीतमा गायक नवीन खड्काले पनि गायनमा साथ दिएका छन्। गीतमा तिलक ओलीको शब्द संगीत र गायक नवीनकै शब्द रचना रहेकाछन् । गीतको भिडियोलाई वीरेन्द्र ओलीले निर्देशन गरेका छन् । भिडियोमा दाहाल–नेपालको तस्विरसहित देखाइएको छ। उनीहरुको पक्षमा भएको प्रदर्शनलाई समावेश गरिएको छ ।