७ बैशाख २०८१, शुक्रबार

विप्लवको ‘झुम्का हरायो’ २ सार्वजनिक

hqdefault

कोरोना भाइरसले म्युजिक क्षेत्रलाई सामान्य असर भने गरिरहेको छ यही सामान्य असरलाई मध्यनजर गर्दै गायक विप्लव खड्काले झुम्का हरायो २ बोलको गीत बजारमा ल्याएका छन् । आफनै स्वर र सङ्गीतमा तयार पारिएको सोही गीतको पहिलो झुम्का हरायोले भने लोकप्रियता कमाएको थियो ।

झुम्का हरायो २ मा पूजा ओली र अभि राईको अभिनय रहेको छ भने कालीप्रसाद बास्कोटाको लेखन र गायक विप्लवको निर्देशन रहेको छ । झुम्का हरायो बोलको गीत जस्तै झुम्का हरायो २ ले पनि उत्तिकै दर्शकको माया पाउने सोही टिमको अपेक्षा रहेको छ ।