fbpx
१८ फाल्गुन २०७७, मंगलवार

हराएकी वृद्ध महिलाको शव भेटियो

तानसेन नगरपालिका–८ निवासी ७७ वर्षीया हिराकुमारी चिदीको शव आज फेला परेको छ । गत पुस महिनादेखि हराएकी वृद्ध महिलाको शव आज जंगलमा भेटिएको छ ।

माथागढी गाउँपालिका २ रुप्से स्थित सिप्लिकान सामुदायिक वनमा वृद्ध महिलाको शव भेटिएको हो । चिदी पुस ४ गतेदेखि हराएकोे जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैयाँले बताउनुभयो ।