१४ बैशाख २०८१, शुक्रबार

दिलीप महतो हत्या प्रकरण: किच्नु अगाडी लिभरले दाँहिने कोखमा हानी घाइते बनाइयो

dilip mahato case

dilip mahato 1शनिवार राति ९ बजे पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय धनुषाले हत्यामा संलग्न आरोपमा पक्राउ परेका धनुषाका मिथिला नपा ५ का २७ वर्षीय क्रसर सञ्चालक बिपिन कुमार महतो, वडा नम्बर ९ का ३४ वर्षीय टिपर चालक मुनिन्द्र महतो, महोत्तरी बर्दिबास नपा वडा नम्बर २ का लोडर चालक जितेन्द्र कुमार महतो र मिथिला वडा नम्बर ५ का रोशन यादवलाई सार्वजनिक गरेको हो। 

औरही खोलाको बगरमा टिपरले बालुवा गिट्टी चोरी गरी लागिरहेका बेला महतोले पटक-पटक रोक्न खोजेका थिए। त्यसैले क्रसर उद्योगी विपिन महतोले तीन दिनअघि दिलिपलाई हत्या गर्ने धम्की दिएका थिए । सोही विषयमा शुक्रबार महतोको हत्या गरिएको थियो। दिलिपको हत्यापछि परिवारका सदस्यहरुले प्रहरीमा किटानी जाहेरी दिएका थिए । 

प्रहरीले क्रसर उद्योगी विपिनलाई शनिबार बिहान उनको ससुराली गाउँबाट पक्राउ गरेको थियो । प्रहरीले हत्यामा संलग्नलाई उन्मुक्ति नदिने प्रतिबद्धता जनाएपछि शनिबारै परिवारका सदस्यहरुले दिलिपको शव बुझेका थिए । शनिबार साँझ पोष्टमार्टम गरी दिलीपको शव परिवारजनलाई बुझाइएको धनुषाका प्रहरी प्रमुख एसपी बस्नेतले जानकारी दिए ।

धनुषाको मिथिला नगरपालिका ५ श्रीनगरका २४ वर्षीय दिलिप महतोको शुक्रबार बिहान ४ बजे झिसमिसेमै टिपर चलाएर हत्या गरिएको थियो । पत्रकार सम्मेलनमा महतोलाई ना७ख ६४१३ नम्बरको टिपरले किच्नुअघि कोखामा घोचेको घाउ फेला परेको जनाइएको छ । 

दिलीपसँगै क्रसर उद्योगहरुको अवैध उत्खननविरुद्ध आवाज उठाउँदै आएका भाइ रजनीश कुमारले दाईसँगै पुगेका रोशनले भागेर ज्यान जोगाएको बताएका छन्। 

प्रहरी उपरिक्षक रमेश कुमार बस्नेतले भने, ‘खोलामा टिपरले बालुवा गिटी चोरी गरिरहेको थाहा पाएपछि दिलीप र रोशन गयोे, टिपर चालकसँग केही बेर भनाभन भयो र सोही क्रममा लिभरले दाँहिने कोखमा हानी अर्धचेत अवस्थामा पुगेपछि टिपरले किचेको देखियो।’ यसकारण महतोको त्यसैबेला मृत्यु भइसकेको थियो भन्ने आशंका बलियो बन्दै गएको बस्नेतले बताए। ‘पोस्टमार्टम रिपोर्ट आइसकेपछि यसबारे पूर्णरूपमा बताउन सकिन्छ,’ उनले भने। 

बस्नेतका अनुसार पक्राउ परेकाले महतोलाई खोलामा सुताएर टिपरले किच्नुअघि घाइते बनाएको स्वीकार गरेका छन्। ‘उनीहरूले सुरूमा कोखामा घोचेको स्वीकार गरिसकेका छन्,’ उनले भने। प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार महतोको दाहिने छातीको कोखा छेडिएको छ। 

यसै गरी दिलिपको हत्या विरोधमा शनिबार माइतीघरमा मैनबत्ती र्‍याली निकालिएको छ।  

dilip mahato maitighar 1 1

dilip mahato maitighar 2 1

dilip mahato maitighar 3