१५ चैत्र २०८०, बिहीबार

ट्रक र बस ठोकिंदा बसमा लाग्यो आगो, २० जनाको मृत्यु

accident

भारत उत्तर प्रदेशस्थित कन्नौजमा ट्रकसँग ठोक्किएर बसमा आगो लाग्दा त्यसमा सवार कम्तिमा २० जनाको मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार, २१ जनालाई बसबाट उद्धार गरिएको छ । कतिपयले बसबाट हामफालेर ज्यान जोगाएका छन् । 

यो घटना उत्तरप्रदेशको कन्नौजको छिबरामउ जीटी रोडस्थित घिलोई गाउँको हो । स्थानीय मिडियाका अनुसारमा बसमा ५० जना यात्रुहरु थिए । एसीयुक्त बस र ट्रक आपसमा ठोक्किनासाथ दुवैमा आगो लागेको थियो ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलले घटनाप्रति दुःख व्यक्त गर्दै अनुसन्धान गर्न निर्देशन दिएका छन् । उनले मृतकका परिवारलाई दुई९दुई लाख र घाइतेहरुलाई ५० हजार भारु राहत दिने घोषणासमेत गरेका छन् ।