१४ बैशाख २०८१, शुक्रबार

गोकुल बाँस्कोटालाई गगनको चुनौती : शब्द-शब्दमा छलफल गर्न तयार छु, बहस गर्न तिम्रो पार्टी कार्यालय आउने कि संसदमा ?

maitighar gagan pradip 6 yQPYvoDuBp

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले सूचना प्रविधि विधेयक नपढी विरोध गर्‍यो भन्ने सञ्चारमन्त्री गोकुल बाँस्कोटाको भनाईप्रति चुनौती दिएका छन्। बिहीबार नेपाल विद्यार्थी संघले विधेयकविरुद्ध माइतीघर मण्डलामा गरेको सभालाई सम्बोधन गर्दै थापाले विधेयकबारे शब्द-शब्दमा बहस गर्न तयार रहेको बताएका हुन्।

सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटासँग छलफल गर्न आफू तयार रहेको बताएका छन्। थापाले छलफलका लागि कहाँ आउने भनेर सञ्चार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटालाई प्रश्न पनि गरेका छन्।

सञ्चारमन्त्री बाँस्कोटालाई जवाफ फर्काउँदै थापाले भने ‘सञ्चारमन्त्री जी विधेयकको धारा धारामा, दफा दफामा छलफल गर्न तयार छु। माननीय मन्त्री जीले भन्नु भएछ विधेयक नपढी आयो। यो विधेयकमा कहाँ छलफल गर्नेरु सिंहदरबारमा गर्ने हो ? संसदमा गर्ने हो ? माइतीघरमा गर्ने हो ? कि तिम्रो पार्टी कार्यालय धुम्बाराहीमा गर्ने हो ? प्रत्येक दफा दफामा, शब्द शब्दमा छलफल गर्न तयार छु। नपढेर आएको होईन, पढेर आएको हो। हेप्नी हाम्लाई ? सञ्चारमन्त्रीले भने जस्तो के बोल्न पाइन्छ र के बोल्न पाइँदैन भन्ने कुरा नबुझेर बहस गर्न आएको होईन।’

‘पहिला विधेयकमा तपाइँले जिस्काउन पाउनु हुन्न भन्ने लेखिएको छ। अहिले सुधार गरेर तपाइँले निरन्तर जिस्काउन पाउनु हुन्न भनेको छ’ थापाले भने ‘प्रदिप जीले आज बेलुका गएर सामाजिक सञ्जालमा लेख्नु भयो प्रधानमन्त्री जी तपाइँ यति कम्पनीको सिइओ हो ? एक पटकलाई छुट छ। तर तपाइँले फेरि लेख्नुभयो भने तपाइँले निरन्तर लेख्नु भएको हुँदा तपाइँलाई ५ वर्ष जेल सजाय तोकिएको छ, यो कानुनले भनेको यही हो’ उनले भने ‘प्रधानमन्त्री बलियो भएर आएको होईन् यो विधेयक, प्रधानमन्त्री लुते भएर आएको हो।’

उनले प्रधानमन्त्रीले आलोचना खेप्न नसकेर ल्याएको बताए। ‘प्रधानमन्त्री साँझ २, ३ घण्टा सामाजिक सञ्जालमा बस्दा आलोचना र टिप्पणी सहन सक्नु भएन। विरोधी गर्ने जवाफ काम गरेर दिन्छु भन्ने नेपालको प्रधानमन्त्रीमा रहेनछ’ थापाले भने।