१५ बैशाख २०८१, शनिबार

सन्तोष साहुखलले पूरा गरे कीर्तिमानी १०० गोल

santosh

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व स्ट्राइकर सन्तोष शाहुखलले सहिद स्मारक एु डिभिजन लिगमा कीर्तिमानी १०० गोल पूरा गरेका छन् ।

यससँगै च्यासल युथ क्लबबाट खेलिरहेका सन्तोष  ए डिभिजन लिगमा १ सय गोल गर्ने पहिलो खेलाडी बनेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार नेपाल पुलिस क्लबविरुद्ध खेल सुरु भएको १७ औं मिनेटमा गोल गर्दै सन्तोषले नेपाली फुटबलकै माथिल्लो श्रेणीको लिगमा कीर्तिमानी बनाएका हुन् । 

सुरुवाती दुई खेलमा ३ गोल गर्दै लिगमा आफ्नो गोल संख्या ९९ पुर्‍याएका सन्तोषले ए डिभिजन लिगस्तरको खेलमा आफ्नो नाममा कीर्तिमानी दर्ज गराएका हुन् ।

उनले यस अघि संकटा क्लबविरुद्ध २ र मछिन्द्रविरुद्ध १ गोल गरेका थिए । सन्तोषको गोलसँगै च्यासलले पुलिसविरुद्ध १-१ गोलको बराबरी समेत गरेको छ ।