१४ बैशाख २०८१, शुक्रबार

९०९ अमेरीकीले आत्महत्या गरेको कालो दिन !

jonestown suicide massacre

अमेरीकामा एउटा यस्तो ठाउँ छ जसको कहानी सुन्ने सबैको मुटु काप्न सक्छ । जोन्सटाउन नाम गरेको त्यो ठाउँमा एक जना धर्म गुरुको भनाईलाई मानेर ९०९ मान्छेले सामुहिक आत्महत्या गरेका थिए ।

धर्मगुरु जिम जोन्सको अमेरीकाको युयाना जंगलमा आश्रम थियो र त्यहि उनले ‘पिपल्स टेम्पल’ नामको समुदाए बनाएका थिए । त्यो समुदायमा ति मान्छेहरुको मात्र बसोबास रहेको थियो जसले जोन्सलाई भगवान मान्थे । बाहिरको संसारसंंग उनीहरुको कुनै समबन्ध रहदैन थियो । उनको आश्रम जोन्सटाउन ३,८०० एक्कड क्षेत्रफलमा फैलिएको थियो

यि धर्मगुरुलाई ९१४ जानाको हत्यारा मानियको छ किनभने उनको भनाईलाई आत्मसात गरेर सायनाइड पिएर आत्महत्या गरेका थिए । जसमा करिब ३०४ बालबालिका र ६०५ बयष्क मानिसहरुको मृत्यु भएको थियो ।

download 3  images 2

त्यस आत्महत्या बाहेक त्यसदिन जोन्सको ईसारामा अरु पाँच हत्याका धटना पनि भएका थिए । जसमा अमेरीकी सांसद रेयान र उनको साथमा आएका चारजनाको पनि हत्या भएको थियो । यो घटनालाई ‘जोन्सटाउन मास सुसाईट’ भनेर चिन्ने गरिन्छ जुन १८ जुन १९७८ मा घटेको थियो ।

मान्छेलाई मार्नको लागी जोन्सको निर्देशनमा ठुलो भाँडोमा अंगुरको जुसँगै साइनामाइड र वेलियम जस्ता खतरानाक जहर मिलाएका थिए । सबै भन्दा पहिले उक्त जहर एक वर्षका बालकलाई खुवाएका थिए । यसैबीच केही मानिसले जोन्सको निर्देशन मान्न मनाहि गरेका थिए तर ति धर्मगुरुले उनीहरुलाई जहर पिउनको लागि सम्झाई बुझाई गरेका थिए ।

images 1

कतिपय मानिस यस्ता पनि थिए जो जहर पिउनलाई मनाहि गरिरहेका थिए तर तिनीहरुलाई बलप्रयोग गरेर इन्जेक्सन लगाईएको थियो । परिक्षणको क्रममा करिब ७० जना मानिसको शरिरमा इन्जेक्सनको निशान भेटिएको थियो । जहर पिएर मान्छेहरु बाहिरको आँगनमा जम्मा भएका थिए ।

जोन्सले ति सबैलाई भनेका थिए कि ‘मर्ने बेलामा ईज्जतकासाथ मर्नुपर्छ’ भनेर ४५ मिनेटसम्मको सम्बोधन गरेका थिए । जसमा उनि बारम्बार भनिरहेका थिए, १० दिनको जिन्दगी धेरै गन्जागोल छ ।

यो भन्दा धेरै राम्रो मजा मर्नुमा छ भनेका थिए । जहर पिएका मानिसहरु बान्ता गर्दे ढल्न थालेको केहि समयपछि मान्छेका लाशको आगनमा थुप्रो लागेको थियो ।

अमेरेकी एफबीआईलाई त्यो दिनको अडियो रेकड पत्ता लगाएर जसमा जोन्सले आफ्ना भक्तहरुलाई डर देखाएर मर्न बिवस बनाएको खुल्नमा आएको थियो । जोन्सले सरकारबाट हाम्रो धर्म र यो ठाउँलाई खतरा भएको कुरा बताईरहेका छन ।

 

प्रशासन प्यारासुटको माध्यमबाट हामिसम्म पुग्न सक्छ, उनीहरुले बच्चाहरुलाई पनि छोडदैनन् । यस प्रकारको डर र धम्कि देखाएर जोन्सले आत्महत्या गर्न बाध्य बनाएका थिए ।

जोन्सका भक्तहरुले सामुहिक आत्महत्या गरिसके पछि स्वयम् जोन्सले पनि आत्महत्या गरेका थिए तर उनले जहरको सेवन नगरेर आफ्नो टाउकोमा आफै गोलि हानेको निसाना परिक्षणको क्रममा पत्ता लागेको थियो ।

९-११ को हमला भन्दा पहिले यो धटनालाई अमेरेकी ईतिहाँसमा सबैभन्दा ठुलो मानबिय क्षतिको रुपमा लिईने गरिन्थ्यो । संसारलाईनै अच्चम पार्ने यो धटनालाई लिएर कयौ डकुमेन्ट्रि तथा फिल्महरुको निर्माण भएका छन । अमेरेकी अदालतले यो धटनालाई आत्महत्याको रुपमा नहेरेर हत्या कै रुपमा मानेको छ । जसको दोषि जिम जोन्स रहेका थिए ।

समाचार स्रोत-विभिन्न एजेन्सीको सहयोगमा