८ बैशाख २०८१, शनिबार

राष्ट्रियसभाका लागि नारायणकाजीले पोखरा पुगेर दिए उम्मेद्वारी दर्ता

narankaji shre o9rmqDZVjw 1

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रियसभाको चुनावका लागि मनोनयन दर्ता गराएका छन्।

गण्डकी प्रदेशको पोखरामा पुगेर श्रेष्ठले मनोनयन दर्ता गराएका हुन्। श्रेष्ठले केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतको प्रस्ताव र प्रदेशसभा सदस्य दिलमाया रोकाको समर्थनमा मनोनयन दर्ता गराएका हुन्। गोरखा-२ बाट प्रतिनिधिसभाको निर्वाचनमा पराजीत भएको श्रेष्ठलाई नेकपाले राष्ट्रियसभाको उम्मेदवार बनाएको हो।

प्रतिनिधिसभाको निर्वाचनमा पराजय व्योहोरेका श्रेष्ठ राष्ट्रियसभाको सांसद बन्‍ने लगभग पक्का भएका छन्। नेकपाबाटै भगवती न्यौपानेले पनि उम्मेदवारी दर्ता गराएकी छिन्। उनले नेकपा स्थायी समिति सदस्य तथा गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङ र समर्थकमा पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङलाई लिएर मनोनयन दर्ता गराएकी छन्। नेकपाले गण्डकी प्रदेशबाट राष्ट्रियसभामा श्रेष्ठ र न्यौपाने चयन गरेको थियो।