१२ बैशाख २०८१, बुधबार

राष्ट्रियसभा सदस्यका लागि प्रदेश नं- ५ मा ९ जनाको उमेदवारी

dang1 7842634

आगामी माघ ९ गते हुने राष्ट्रियसभाको चुनावका लागि प्रदेश नं  ५ मा नौजना उमेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।

राष्ट्रियसभा सदस्यका लागि प्रदेश नं ५ मा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० र नेपाली कांग्रेस पार्टीबाट तीन-तीन जना, समाजवादी पार्टीबाट दुईजना र राष्ट्रिय जनमोर्चा पार्टीबाट एकजना उमेदवारले मनोनयन दर्ता गराएका छन् ।

५ नं। प्रदेशमा नेकपाबाट अपांग सदस्यमा दाङबाट जगप्रसाद शर्मा, महिला सदस्यमा कपिलबस्तुबाट बिमला घिमिरे र अन्यबाट रुपन्देहीबाट गोपाल भट्राईले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

राष्ट्रियसभा सदस्यका लागि नेपाली कांग्रेसबाट महिला सदस्यमा दाङबाट गिरिजादेवी न्यौपाने, अल्पसंख्यक सदस्यमा बाँकेबाट मेहराज अहमद हलुवाई र अन्यबाट अर्घखाँचीबाट बालकृष्ण पाण्डेयले मनोनयन दर्ता गराएका छन् ।

त्यसैगरी राष्ट्रियसभा सदस्यका लागि समाजवादी पार्टीबाट दुईजनाले मनोनयन दर्ता गराएका छन् । समाजवादी पार्टीबाट अल्पसंख्यक सदस्यमा बाँकेबाट सुनिल सिंघल र अन्यबाट बर्दियाबाट कृष्णप्रसाद यादवले मनोनयन दर्ता गराएका हुन् । त्यसैगरी राष्ट्रिय जनमोर्चा पार्टीबाट कपिलबस्तुबाट शिवप्रसाद पौडेलले मनोनयन दर्ता गराएका छन् ।