
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानले अमेरिकी मानिस र उसका सम्पतिहरूमाथि आक्रमण गरे अमेरिकाले उसका ५२ वटा स्थान शीघ्र र कठोर हमला गर्ने चेतावनी दिएका छन्।
शुक्रबार ड्रोन आक्रमणमा इरानी क्विड सेनाका प्रमुख कासिम सुलेमानीमाथि मारिएपछि इरानले त्यसको बदला लिने बताउँदै आएको सन्दर्भमा ट्रम्पको यस्तो भनाइ आएको हो।
….targeted 52 Iranian sites (representing the 52 American hostages taken by Iran many years ago), some at a very high level & important to Iran & the Iranian culture, and those targets, and Iran itself, WILL BE HIT VERY FAST AND VERY HARD. The USA wants no more threats!
— Donald J. Trump (@realDonaldTrump) January 4, 2020
ट्वीटमा ट्रम्पले इरानले खुल्लमखुल्ला अमेरिकाको सम्पतीमाथि आक्रमण गर्ने जनाएको उल्लेख गर्दै सो चेतावनी दिएका हुन्। ट्विटमा उनले यदि इरानले अमेरिकी नागरिक र स्थानहरूमा आक्रमण गरेमा आफूहरूले आक्रमणका लागि इरानका उच्चस्तर र सांस्कृतिक महत्वका ५२ वटा स्थानहरूको पहिचान गरेको लेखेका छन्।
संयूक्त अधिराज्य अमेरिका अरु थप खतरा चाँहदैनु, ट्रम्पले लेखेका छन्। राष्ट्रपति ट्रम्पले ५२ स्थानले सन् १९७९ मा इरानमा बन्धक बनाइएका आफ्ना ५२ अमेरिकी नागरिकलाई बुझाउने बताएका छन्।
ट्रम्पको यो चेतावनी कासिम सुलेमानीको बग्दादमा अन्तेष्टी भएको केही घण्टापछि आएको हो।
सो अन्तेष्टीपछि इराकमा रहेको अमेरिकी दुतावास वरपर कयौं रकेट आक्रमणहरू भएको थियो जसमध्ये एउटा रकेट सुरक्षित मानिएको दुतावासको हरियो क्षेत्र नजिकसमेत आएको थियो।
इराकी सेनाले सो आक्रमणमा कोही घाइते नभएको जनाएको छ। यस्तै घटनामा कुनै समुहले जिम्मेवारी नलिएपनि इरान समर्थक मिलिसयाले आक्रमण गरेको दोष लगाइएको छ। एजेन्सी