१५ चैत्र २०८०, बिहीबार

अमेरीकी डलरको मुल्य बढ्यो

dollar

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ, जसअनुसार अमेरीकी डलर बिक्री मुल्य ११५.१८ रुपैयाँ रहेको छ ।

शुक्रबार ११४.५० रुपैयाँमा सटाही भएको अमेरीकी डलर आज भने केही पैसाँले बढे्को हो ।

नेपाली रूपैयाँ बलियो नहुनु भारतीय रुपैयाँ कमजोर हुुनु हो। नेपाली र भारतीय रूपैयाँबीच स्थिर विनिमय दर (फिक्स्ड पेग) भएका कारण भारू कमजोर हुनासाथ नेपाली रूपैयाँ पनि कमजोर र भारतीय रूपैयाँ बलियो हुँदा नेपाली पनि बलियो हुने गरेको छ।

नेपाली रूपैयाँ कमजोर र अमेरिकी डलर बलियो बन्न पुग्दा विदेशबाट आयात हुने सामान महँगो हुने गर्छन्। डलर बलियो भएका कारण उपभोक्ताले विदेशी सामान किन्दा बढी मूल्य तिर्नुपर्ने हुन्छ।

राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार अन्तर्राष्ट्रिय बजारका कारण डलर कमजोर र बलियो हुने गर्दछ। भारतको मुद्रा केही कमजोर बनेकाले डलरको भाउ बलियो भएको हो।

भारतीय अर्थतन्त्र कमजोर बनिरहेको तथ्याङ्क बाहिर आइरहेका बेला भारतीय मुद्रा कमजोर हुनुलाई भारतको अर्थतन्त्र मन्दीतर्फ धकेलिदै गएको सङ्केतका रूपमा लिन सकिने विज्ञको भनाइ छ।United States Dollar

यस्तै अन्य मुलुकका मुद्राको विनियमयदर यस प्रकार छः

us oXugpt0SPs