१३ बैशाख २०८१, बिहीबार

लेभान्तेलाई हराउँदै एट्लेटिको मड्रिड शीर्ष तीनमा

athletico madrid

एट्लेटिको मड्रिड स्पेनिस ला लिगाको शीर्ष तीनमा उक्लिएको छ । शनिबार राति भएको खेलमा लेभान्टेलाई २–१ गोल अन्तरले पराजित गर्दै अंक तालिकाको शीर्ष तीनमा स्थान बनाएको हो ।

घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोलाई जित दिलाउन एन्जल कोरेअ र फेलिपे अगुस्टोले एक–एक गोल गरे । उता लेभान्टेका लागि रोगेर मार्टीले एक गोल फर्काए । खेलको १३ औँ मिनेटमा कोरेअले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए । १६ औँ मिनेटमा लेभान्टेका लागि मार्टीले बराबरी गोल फर्काए । १८ औँ मिनेटमा अगुस्टोले गोल गर्दै एट्लेटिकोलाई जित दिलाए ।

जितसँगै एट्लेटिको १९ खेलबाट ३५ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ । पराजित लेभान्टे २६ अंक सहित १९ औँ स्थानमा छ । एजेन्सी