१४ बैशाख २०८१, शुक्रबार

‘नेकपाको जनप्रदर्शन शान्तिपूर्ण हुन्छ’

Pro Ktm PressSangathan velaa
तस्वीरः प्रदीपराज वन्त, रासस

प्रतिनिधिसभा विघटनविरुद्ध सडक सङ्घर्षमा उत्रिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आज राजधानीमा गर्ने भनिएको जनप्रदर्शन शान्तिपूर्ण हुने सो पार्टीले जनाएको छ ।

संविधानले निर्दिष्ट गरेको सीमाभित्र रहेर गरिने सो प्रदर्शन पूर्णतयः शान्तिपूर्ण हुने उक्त पार्टीको केन्द्रीय सङ्घर्ष समितले जनाएको छ । सङ्घर्ष समितिद्वारा आज जारी विज्ञप्तिमा आन्दोलनका विषयमा फैलाइएका कुनै पनि भ्रममा नपर्न अपिल गरिएको छ ।

प्रदर्शनमा घुसपैठ गरी शान्तिपूर्ण आन्दोलनलाई बिथोलेर अराजकता र द्वन्द्वतिर लैजाने प्रयासप्रति भने सचेत रहेको सङ्घर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जनाउनुभएको छ । विरोध प्रदर्शनलाई व्यवस्थित गर्न युवा, विद्यार्थी, मजदूर र खेलकूद मोर्चाका दुई हजार स्वयंसेवक परिचालन गरिने बताइएको छ ।

नेकपाले जनसमुदायलाई शान्तिपूर्ण, मर्यादित तर जुझारु रुपमा प्रदर्शनमा सहभागी हुन सबैमा अपिल गरेको छ । “यो आन्दोलन, विरोध प्रदर्शन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मात्रै नभएर सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था, संविधान र अग्रमनका पक्षधरको साझा आन्दोलन हो”, सङ्घर्ष समितिका संयोजक श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानसभाद्वारा जारी संविधानमाथि भएको अन्याय विरुद्ध नेकपाले देशव्यापीरूपमा सङ्घर्षको कार्यक्रम जारी राखेको छ ।

चरणबद्ध आन्दोलनको कार्यक्रमअन्र्तगत नेकपाले शुक्रबार काठमाडौँमा विरोध प्रदर्शन र सभाको आयोजना गरेको हो । सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते मध्यवधि निर्वाचनको मिति तोकेको छ ।