१३ बैशाख २०८१, बिहीबार

भीम रावल र सूर्य थापाको कटाक्ष, देशभक्तिबारे वहस गर्न तयार छु

bhim rawal surya thapa discus 20191231022149

धानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापालाई नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले देशभक्तिमा चुनौती दिएका छन् । मंगलबार सामाजिक संजालमार्फत रावलले थापालाई चुनौति दिएका हुन् ।

रावलले प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा माथि वामदेव गौतमलाई हराउन पार्टी केन्द्रीय कार्यालयमा बसेर षडयन्त्र गरेको आरोप लगाएका छन्। उनले बामदेवलाई हराउन षडयन्त्र गर्नेलाई पुरष्कृत गरेर प्रेस सल्लाहकार बनाएको बताए ।

ENGRi6jUUAEtYRj

मंगलबार रावलले सामाजिक संजालमा आम निर्वाचनमा बर्दिया-१ मा कमरेड वामदेव गौतमलाई हराउन पार्टी केन्द्रीय कार्यालयमा बसेर षडयन्त्र गर्ने सूर्य थापालाई कावाई गर्नुपर्नेमा प्रमले पुरष्कृत किन गर्नुभयो, कार्वाई होस् भनी कमरेड वामदेव गौतमले स्थायी कमिटीको चौथो बैठक लगायत अनेक पटक कुरा त्यतिकै उठाउनु भएको रहेनछु लेखेका छन् ।

भीम रावल लेख्छन्,देश र जनताको पक्षमा बोल्दा २०३२ सालमा निरंकुश पञ्चायती शासनले मलाई केन्द्रीय कारागारमा थुन्दा प्रम केपी ओलीजी पनि त्यही हुनुहुन्थ्यो तर उहाँका सल्लाहकार सूर्य थापा भने त्यो बेला १० महिनाको शिशु हुनुहुन्थ्यो। अतः मैले कुन सन्दर्भमा देश र जनताको पक्षमा के गर्ने भन्ने उहाँलाई थाहा नहुनु स्वाभाविक हो । मैले संविधान तथा पार्टीका सिद्धान्त र नीति अनुरुप बोल्दा “राष्ट्रवादू को बहसमा उत्रेको भनी धम्कि दिएको पढ्दा २०३३ सालमा “श्री ५ को सरकारको घुडा टेकुवा नीति मूर्दावादू भन्ने पर्चा निकालेकोमा निरंकुश शासकहरुले राजकाज मुद्दा लगाई जेल हालेको सम्झना भयो । देशको पक्षमा बोल्दा प्रम केपी शर्मा ओलीजीका सल्लाहकारले धम्कि दिएपछि जनताको तर्फबाट प्रश्न गर्न चाहन्छुः के देश, जनता, विधि, सिद्धान्त, आदर्शको पक्षमा बोल्नेहरुमाथि दमन गर्न खोजिदै छ तरु देशलाई नयाँ रंगको निरंकुशतन्त्र तर्फ धेकेलिन खोजिदै छ तरु म राष्ट्रिय हित, जनता, संविधान, पार्टी विधानको पक्षमा र निरंकुशताको विरुद्ध लड्न तयार छु । “एक्लो वृहस्पतिू हुनलागेको भनेर पार्टी कार्यकर्ता र सदस्य तथा देशभक्त नेपाली जनतालाई दिनुभएको धम्किले पात पनि झर्दैन।

आम निर्वाचनमा बर्दिया-१ मा कमरेड वामदेव गौतमलाई हराउन पार्टी केन्द्रीय कार्यालयमा बसेर षडयन्त्र गर्ने सूर्य थापालाई कावाई गर्नुपर्नेमा प्रमले पुरष्कृत किन गर्नुभयो, कार्वाई होस् भनी कमरेड वामदेव गौतमले स्थायी कमिटीको चौथो बैठक लगायत अनेक पटक कुरा त्यतिकै उठाउनु भएको रहेनछ।

राणा शासकहरु कवि शिरोमणि लेखनाथको पिंजडाको सुगा भन्ने कविताबाट तर्सेका थिए । पार्टी विधान, पद्धति, राष्ट्रिय हित र स्वाभिमानको पक्षमा मेरो कविता कति शक्तिशाली रहेछ भन्ने महसूश भएको छ, सूर्यजीले तर्सेर निन्दा गरेको पढ्दा। विगतमा निरंकुश शासकहरुले थोपरेका असमान सन्धि-सम्झौता, वाह्य हस्तक्षेप, शासकहरुले विधि, पद्धति र राष्ट्रिय हित प्रतिकूल काम गर्ने स्थिति रहेसम्म देशभक्त-लोकतन्त्रवादी नेपालीहरु मेरै जस्ता कविता र गीत लेखिरहने छन्, बोलि रहनेछन्।

होलि वाइन, आइफाड पुरस्कार, तरकारीमा विषादी परीक्षणदेखि राजपासंग सम्झौतासम्म मैले भनेको कुरा तथ्यसंग मेल खाँदैन भनेर प्रमाणित गर्न चुनौति दिन्छु । सल्लाहकारको सल्लाह भए २०३२ सालमा झ्यालखाना देखि तत्कालीन नेकपा९एमाले० मा देखे भोगेका कुरा र गुटबन्टीका पत्र-पत्रहरु लगायतका तथ्यहरुमा बहस गरौंला । यद्यपि सरकार चलाउनु पर्नेले गुट चलाउन थालेमा, सल्लाहकारबाट धेरै अपेक्षा गर्नु शायद उचित हुँदैन होला ।