२६ बैशाख २०८१, बुधबार

नागरिकले उत्तर कोरिया बनाउन मत दिएको ‍हैन : विश्वप्रकाश शर्मा

biswoprakash shrma

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार संसदको विकास तथा प्रविधि समितिले सूचना तथा प्रविधिसम्बन्धी विधेयक बहुमतबाट पारित गरेपछि टिप्पणी गरेका छन्। उनले सामाजिक सञ्जालमा कसैले जिस्क्याउँदा सम्झाउन या सहन आफु तयार रहेको उल्लेख गर्दै ट्वीटरमा सरकारलाई व्यंग्य गरेका छन्।

‘सामाजिक सञ्जालमा कसैले जिस्क्याउँदा सम्झाउन या सहन तयार छु, तर उसलाई जेल पठाउन म तयार छैन‚’ उनले ट्वीटरमा लेखेका छन्, ‘कैद पाँच वर्ष र जरिवाना १५ लाख, के यो सही छरु छैन भने खुलेर बोलौं, जमेर बोलौं।’ उनले ट्वीटरमा प्रधामन्त्री केपी ओलीलाई पनि मेन्सन गरेका छन् । वर्तमान सरकारलाई नागरिकले दिएको मत उत्तर कोरिया बनाउन नभएको उनको टिप्पणी छ।

‘नागरिकले दिएको बहुमत देशलाई उत्तर कोरिया बनाउन थिएन, होइन र यो विधेयक ठाडै अस्वीकार्य छ।’