१४ बैशाख २०८१, शुक्रबार

नेपाल बैंकको डिल्लीबजार शाखाका पूर्व प्रबन्धक पक्राउ

hundi

नेपाल बैंक लिमिटेडको डिल्लीबजार शाखाका पूर्व प्रबन्धक भूपराज कोइराला पक्राउ परेका छन् ।

नेपाल बैंक लिमिटेड केन्द्रीय कार्यालयले दिएको जाहेरीका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कोइरालालाई पक्राउ गरेको हो ।

कोइरालाले डिल्लीबजार शाखाको प्रबन्धक हुँदा बैंकलाई नभएको दायित्व सिर्जना गराई अनुचित लाभ लिएर बैंकिङ कसुर गरेको आरोप लागेको छ ।

सीआईबीले कोइरालाविरुद्ध बैंकिङ कसुरमा उच्च अदालत पाटनबाट ७ दिनको म्याद थप गराई अनुसन्धान थालेको छ ।

सोलुखुम्बुको साविक सल्यान गाविस–८ घर भएका कोइराला हाल भक्तपुरको दधिकोट बस्दै आएका थिए।