१७ बैशाख २०८१, सोमबार

प्रदेश ३ को नाम बाग्मती प्रदेश

Chair 1xq4NwXNIM

प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश नम्बर ३ को नाम बाग्मती प्रदेश राख्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको सचिवालय बैठकले प्रदेशको नाम बाग्मती राख्ने निर्णय गर्दै सोअनुसार प्रदेश सभामा प्रस्तुत हुन सांसदहरूलाई निर्देशन दिने निर्णय गरेको हो ।

बैठकमा  प्रदेश ३ को नाम र राजधानीका विषयमा छलफल भएको छ । बैठकमा  प्रदेशको नाम बाग्मती राख्ने र राजधानीको रुपमा हेटौडालाई नै निरन्तरता दिने बिषयमा छलफल गरेको हो ।

प्रदेश ३ मा नेकपासँग स्पष्ट दुईतिहाइ बहुमत छ । प्रदेशको नाम र राजधानी प्रदेश सभाको दुईतिहाइ बहुमतले तोक्न सक्छ । प्रदेश ३ को नाम बाग्मती राख्ने निर्णय भएको छ, बैठकमा सहभागी एक नेताले भने, राजधानी अहिले हेटौंडामा छ, त्यहाँ चल्दै गर्छ ।

प्रदेश सभा गठन भएको २ वर्ष पुग्न लाग्दा समेत प्रदेश ३ ले नाम र राजधानीको टुंगो लगाउन नसकेपछि सो विवाद नेकपा सचिवालयसम्म पुगेको हो ।