१६ चैत्र २०८०, शुक्रबार

६२ वर्षीया पाँच सन्तानकी आमासँग आठ वर्षीय बालकको विवाह

marriage2019 12 28 02 51 34

कम्तिमा विवाह गर्ने जोडीको उमेर केही महिना अथवा वर्षको फरक हुँदा राम्रो हुन्छ । हाम्रा समाजमा विवाह गर्न केटा र केटी दुबैको उमेर मिलेको हुन्छ । विवाह गर्न १९ बर्ष कटेमा मात्र योग्य मानिन्छ । अफ्रिकामा एउटा गजबको विवाह भएको छ । आठ वर्षका बालक सानेलेले शाबानगुले आफ्नो हजुरआमा समानकी ६२ वर्षीया महिलासँग विवाह गरेका छन् ।

यी महिलाको अर्को श्रीमान् तर्फको बच्चा पाँच वटा रहेका छन् । जसको उमेर २८ देखि ३८ वर्ष उमेरका छन् ।

एक वर्ष अघि विवाह भएका उनीहरुको वैवाहिक जीवन चलिरहेको छ । शाबानगु र मैसिलेलाको विवाह चलिरहेको छ । यी दुईको विवाह दक्षिण अफ्रिकाको स्नान भन्ने स्थानमा भएको थियो ।

ती बालक सानेलेले शाबानगुको हातमा सयांै व्यक्तिहरुको अगाडी औंठी लगाइदिएका थिए । सानेलेको अभिभावकले उक्त विहे उसको हजुरबुबाको अन्तिम इच्छा अनुरुप भएको जवाफ दिएकी थिइन् । आफ्नो नातीको विवाह गराउने हजुरबाबुको इच्छा भएकोले बिहे गरिदिएको बालककी आमाले बताएकी थिइन् ।

यो विवाह बाध्यताले गराउनु परेको सानेलेको आमाले बताएकी छिन् । सानलेकी हजुरआमाले नातीको विहे नगरे घरमा केहि न केही नराम्रो घटना घट्न सक्छ भनेकाले परम्परा धान्नको लागि विवाह गरिएको जनाइएको थियो । अन्धविश्वासका कारण यो अनमेल विवाह भएको थियो । एजेन्सीको सहयोगमा