१६ चैत्र २०८०, शुक्रबार

गायक निर्मल दाहालको “अचेल मायाको ” सार्बजनिक

download 8

गायक निर्मल दाहालको नँया गीत “अचेल मायाको ” भिडियो सार्बजनिक भएको छ। रंगकर्मी सन्दिप डंगोल को शब्द तथा संगीत मा रहेको उक्त गीतमा चर्चित गायक नबिन के भट्टराई को संगीत संयोजन रहेको छ।

गीतको भिडियो मा गायक निर्मल संगै मनोज सापकोटा र आस्था बस्नेत को अभिनय रहेको छ। राजिब थापा र मिलन तामांग ले खिचेको उक्त भिडियो लाई रितेश जंग छेत्री र बिशाल लामाले सम्पादन गरेका हुन्। गीतको भिडियो को निर्देशन मन्दिप बखुंचे ले गरेका हुन्।

गीतको भिडियो गायक निर्मल दाहालकै अफिसियल युटुब मार्फत हेर्न सकिन्छ भने संसार भरका स्ट्रिमिंग प्लेटफार्महरू बाट सुन्न सकिने जानकारी गायक ले दिएका छन्।