१६ चैत्र २०८०, शुक्रबार

फिल्म नबन्दै बिक्री भो ‘डिसेम्बर फल्स’को अष्ट्रेलिया राइट्स

December Falls

प्रेम कथामा निर्माण हुन लागेको फिल्म ‘डिसेम्बर फल्स’ बिक्री भएको छ। निर्माण पहिले फिल्मको यूट्युव तथा अष्ट्रेलिया राईट बिक्री भएको हो । फिल्मकोे यूट्युव र अष्ट्रेलिया प्रदर्शनको अधिकार नेप आर्ट यूट्युव डिजिटल र ऐजुकेसन एण्ड माइग्रेसन कर्नरले किने बताइएको छ । कतिमा किनबेच भएको भन्ने कुरा निर्माण टिमले खुलाएको छैन।

फिल्मको टिजर, गीत, प्रोमो लगायत पुरै फिल्म नेप आर्ट यूटयुव च्यानल मार्फत अपलोड गरिने छ। फिल्म प्रदर्शनको समयमा नेपाल र अष्ट्रेलियाका बिभिन्न शहरमा एकसाथ रिलिज गर्ने एजुकेशन एण्ड माइग्रेशन कर्नरका प्रमुख सुनील उप्रेतीले जानकारी दिएका छन्।
भारतिय फिल्ममा आफ्नो निर्देशकिय कला प्रस्तुत गरेका प्रविन झाले यस फिल्ममा नयाँ टेष्ट दिने बताएका छन्।

फिल्ममा महेश आर गुप्ताको छायाँकन रहने छ भने लक्ष्मण रिजाल कार्यकारी निर्माता, रामप्रसाद रिजाल र राजकुमार भट्ट निर्माता रहेको छन् । प्रविन झाले निर्देशन गर्न लागेको फिल्ममा आर्यन सिग्देल, उपासना सिंह ठकुरी, सलोन बस्नेत, शिवहरि पौडेल, दयालराम दाहाल र नरेश भट्टराईलगायतको फिल्ममा अभिनय रहनेछ ।

    सम्बन्धित समाचार...