
दैलेख | जिल्लाको भैरवी गाउँपालिका–३ र चामुण्डाविन्द्रासैनी नगरपालिका–४ जोडने पादुका खोलामा पुल बनेपछि यस क्षेत्रका बासिन्दाको दैनिकी सहज भएको छ ।
पुल निर्माण नहुँदा काठको पुल बनाएर ओहोर दोहोर गर्ने स्थानियबासीलाई पुल बने पछि ढुक्कले हिड्न पाएको गडाजीउला झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष भक्त बहादुर केसीले बताए उनको अनुसार पुल नहुदाँको समयका काठको लाप्कोबाट नागरिकहरु वारपार गर्ने गर्थे ।
त्यो पनि खोलाले बगाएपछि बर्षातको समयमा मध्यपहाडी राजमार्गको पादुको खोलामा निर्माण गरिएको पुल बाट हिड्नु पर्ने र समय धेरै लाग्ने समस्यामा रहेका भन्दै स्थानीयलाई पुल निर्माणले खुसी तुल्याएको बताए । उक्त पुल बनेपछि बालबालिहरुका लागि ठुलो जोखिम कम भएको छ ।
भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीले झोलुङ्ग पुल निर्माणका लागि संघिय सरकारको ९३ प्रतिशत, पाँच प्रतिशत गाउँपालिका र २ प्रतिशत गरी कुल २८ लाखमा झोलुङ्गे पुल निर्माण भएको बताए । उनले योजना छनोटको चरणमा पुल निर्माणको योजना आए बमोजीम संघिय सरकारलाई अनुरोध गरिएको र त्यसै बमोजीम पुल निर्माण भएको बताएका छन् ।