२६ बैशाख २०८१, बुधबार

मिस मंगोल–२०१८ विजेतासँग मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाँधिदै

69793691 736415646829173 9110625288454144000 o e1610810670596
फोटो साभार: ज्याङमु शेर्पाको फेसबुकबाट

मिस मंगोल–२०१८ को ताज बिजेता ज्याङमु शेर्पा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको बेहुली बन्ने भएकी छन् । राई र शेर्पाबीच यही माघ ११ गते काठमाडौंमा नेकपाका सिमित नेताहरु निकट मित्र र पारिवारिक सदस्यबीच विहे हुँदैछ ।

sherdhan in

११ वर्षको उमेरमा ‘मिस किड क्विन नेपाल’ मा भाग लिएकी उनले त्यसलगत्तै उनले विभिन्न ब्युटी प्याजेन्टमा सहभागी हुँदै मिस मंगोल नेपालको उपाधि जितेकी थिइन्।

43742084 545432715927468 1432774796155813888 o

मिस मंगोल भएदेखि नै सामाजिक काममा सक्रिय ज्याङ्मुका परिवार भने अमेरिकामा बस्छन् । संखुवासभा पुख्र्यौली घर भएकी उनी हाल काठमाडौंमा बस्छिन् ।

प्रदेश १ का मुख्यमन्त्री राईसँग पारिवारिक साथीभाइ मार्फत् नजिक भएकी उनले आफ्नो सामाजिक सञ्जालमा केपी ओलीका भिडियो सन्देशहरु शेयर गरेकी छन् ।

मुख्यमन्त्री राई र मोडल ज्याङ्मुको उमेरमा भने लगभग आधा अन्तर छ । विभिन्न देशमा नेताहरुले सेलिब्रिटीसँग विहे गर्ने चलन रहे पनि नेपालमा कमै नेताको यस्तो विहे हुने गरेको छ ।

wife of Sherdhan Rai

‘मिस मंगोल नेपाल–२०१८’ को उपाधि जितेसँगै चर्चामा आएकी ज्याङ्मुले मोडेलिङ क्षेत्रमा सक्रिय रहदै विभिन्न म्यूजिक भिडियोमा पनि काम गरेकी छिन् ।

२७ वर्षको उमेरमै २०५६ सालमा भोजपुरबाट सांसद बनेका राई त्यसयता लगातार राजनीतिमा उदाएकाले उनको विहे भने हुन सकेको थिएन । उनी २० वर्षको बीचमा तत्कालीन एमालेको जिल्ला सचिव, अध्यक्ष, केन्द्रीय सदस्य हुँदै पोलिटव्यूरो सदस्य र संघीय सरकारको मन्त्री तथा मुख्यमन्त्री भएका हुन् ।

Jangmu Enn Sherpa 1 576x768 2
96103239 930313727439363 5899719849772318720 o
84498243 857907484679988 2771148444528541696 o
Jangmu Sherpa sher dhan Rai wife 7 768x768 1
Jangmu Sherpa sher dhan Rai wife 4 768x1152 1