१६ चैत्र २०८०, शुक्रबार

सुशांतले के लेखे जिन्दगीको बारेमा, जुन भाइरल हुँदैछ

Sushant Singh Rajput

३० वर्ष बिताएपछि लाग्यो जिन्दगीको खेल नै गलत थियो

दिवगंत बलिउड अभिनेता सुशान्तसिंह राजपुतकी बहिनी श्वेता सिंहले आफ्ना दाजुले लेखेको हस्तलिखित पत्रलाई सामाजिक संजाल ईन्स्टाग्राम सेयर गरेकी छन् । पत्रमा सुशान्तले आफ्नो ३० वर्षको अनुभव र जिन्दगीको वास्तविक खेलको बारेमा लेखेका छन ।

सुशांतको यस नोटले सोशल मिडियामा धेरै ध्यानाकर्षण गरिरहेको छ।

श्वेता क्याप्सनमा लेख्छिन् –”भाइले लेखेको पत्र । सोच एकदमै गहिरो छ ।”

सुशान्तको पत्रको नेपाली अनुवाद – “मलाई लाग्छ कि मैले जिन्दगीका ३० वर्ष बिताएँ … शुरुवाती ३० वर्ष केही बन्ने प्रयासमा, म हरेक चीजमा असल बन्न चाहन्थेँ, टेनिस, स्कुल र ग्रेड्समा म राम्रो बन्न चाहन्थेँ । यहीकारण मैले ती सबैलाई त्यही नजरबाट हेरेँ । म जस्तो छु, वास्तविक आफैलाई ठीक लाग्दैन, यदी म ती सबैमा राम्रो हुँदै गए भने…. । मलाई पछि लाग्यो कि जिन्दगीको खेल पुरै नै गलत छ , किनभने पुरा खेल त त्यही कुरालाई पाउनु थियो, जुन वास्तविक म पहिले थिएँ ।’

137256105 102600341738552 5917526469611643160 n

१४ जुन २०२० मा सुशान्तलाई मुम्बइस्थित फ्ल्याटमा मृत अवस्थामा भेटिएको थियो । उनको मृत्युपछि प्रहरीले छानविन अगाडि बढायो तर कुनै निष्कर्ष भेटिएन ।

यस मामिलामा उनकी प्रेमिका रिया चक्रवर्तीलाई एक महिना जेलमा बस्नुपर्‍यो । सुशान्तको मृत्यु अहिले पनि रहस्यमै छ र प्रहरीले अहिले पनि अनुसन्धान गरिरहेको छ ।