१७ बैशाख २०८१, सोमबार

अभिनेत्री रिया चक्रवर्ती प्रेमी सुशान्तको निधन भएको दुई वर्षपछि निकै खुसी देखिदै काममा फर्किइन्

riya

बलिउड अभिनेत्री रिया चक्रवर्ती दुई वर्षपछि काममा फर्किएकी छिन् । अभिनेत्री रिया सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गर्दै पुनः काममा फर्किएको जानकारी दिएकी छिन् । प्रेमी सुशान्त सिंह राजपुतको निधनपछि उनी दुई वर्षसम्म कामबाट टाढिएकी थिइन् । सुशान्त सिंह राजपुतको १ जुन २०२० मा निधन भएको थियो ।

सुशान्त सिंह राजपूतको निधनपछि एनसीबीले सेप्टेम्बर २०२० मा रिया चक्रवर्तीलाई पक्राउ गरेको थियो । त्यसपछि उनलाई झण्डै एक महिना जेल बस्नुपरेको थियो । त्यसपछि अदालतले रियालाई धरौटीमा रिहा गरेको थियो । उनी डिसेम्बरमा जेलबाट छुटेकी थिइन् । यसैबीच उनी पुनः काममा पनि फर्किएकी हुन् । अहिले उनी सामान्य जीवन बिताउन सुरु गरेकी छन् ।

रिया चक्रवर्तीले विगत केही दिनदेखि निरन्तर मोटिभेसनल उद्धारणहरू सेयर गर्दै आएकी छन् । भर्खरै उनले आफ्नो एउटा भिडियो शेयर गरेकी छन्, जहाँ उनी निकै खुसी देखिएकी छन् । भिडियोमा उनी एक रेकर्डिङ स्टुडियोमा देखिएकी हुन् ।

उनले क्याप्सनमा लेखेकी छन्, ‘हिजो २ वर्षपछि काममा गएकी छु । मेरो जीवनको सबैभन्दा कठिन समयमा मेरो साथमा उभिनु हुने सम्पूर्णलाई धन्यवाद । केही छैन घाम सधैं चम्किन्छ । कहिले हार नमानु!’

अभिनेता सुशान्त सिंह राजपूतको पहिलो पुण्यतिथिमा रिया चक्रवर्तीले निकै भावुक पोस्ट सेयर गरेकी थिइन् । सुशान्तसँगको तस्बिर सेयर गर्दै उनले क्याप्शनमा लेखेकी थिइन्, ‘अहिलेसम्म एक पल पनि बितेको छैन, जब मलाई तिमी यहाँ नभएको महसुस भएको छ । भनिन्छ समयले सबै कुरा निको पार्छ तर, तिमी मेरो समय र सबै थोक थियौ । मलाई थाहा छ कि अब तिमी मेरो संरक्षक पनि हुनुहुन्छ । तपाईं आफ्नो टेलिस्कोपमार्फत् चन्द्रमाबाट मलाई हेर्दै हुनुहुन्छ र सुरक्षा गरिरहनुभएको छ ।’

रिया चक्रवर्ती पछिल्लो पटक इमरान हाश्मी, अमिताभ बच्चन, सिद्धार्थ कपुरलगायतका स्टारर् फिल्म ‘चेहरे’ मा देखिएकी थिइन् ।